आजका तस्बिर- साउन २३
आजका तस्बिर- साउन २३
पर्यटकीय गेट ।  रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डण्डाखोलाको छेउमा रहेको पर्यटकीय गेट। नेपाल–भारत सीमा नाका बेलहिया नजिक बनेको गेट बुद्ध जन्मस्थल लुम्बिनी झल्कने प्रतीक बनेको छ। तस्बिर: रवीन्द्रप्रताप गुप्ता/रासस
आजका तस्बिर- साउन २३
जगन्नाथ गुफा ।  बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-४ स्थित धार्मिकस्थल ईश्वरी गङ्गाधाममा रहेको ऐतिहासिक जगन्नाथ गुफा। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- साउन २३
सिँचाइ आयोजनाको मुख्य इन्टेक ।  राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कैलाली चिसापानीस्थित मुख्य इन्टेक। तस्बिर: झलनाथ खनाल/रासस
आजका तस्बिर- साउन २३
विश्रामस्थल ।  ढोरपाटन उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि समुद्री सतहदेखि तीन हजार ७५० को उचाइमा ढुङ्गे देउरालीमा बनाइएको विश्रामस्थल। पर्यटक बढ्न थालेपछि पर्यटन तथा उद्योग कार्यालय बागलुङले गत जेठमा विश्रामस्थल बनाएको हो। तस्बिर: डम्मर बुढामगर/रासस
आजका तस्बिर- साउन २३
राखी किनमेल ।  सुनसरी सदरमुकाम इनरूवा–१ स्थित गोलचोकमा बिक्रीका लागि राखिएको राखी। हिन्दु धर्मावलम्बीको पर्व रक्षा बन्धन तथा जनैपूर्णिमा शनिबार मनाइँदैछ। तस्बिर: अजितकुमार झा/रासस
प्रतिक्रिया दिनुहोस्