जलमग्न दमक बसपार्क । अविरल वर्षाले बुधबार बिहान जलमग्न भएको झापाको दमकस्थित बसपार्क। वर्षातको पानी निकास नहुँदा वर्षा हुनासाथ बसपार्क क्षेत्र डुबान हुँदै आएको छ। तस्बिर: यज्ञराज आङदेम्बे/रासस
अन्नपूर्ण हिमाल । म्याग्दीको बेनी नगरपालिका–५ पछैबाट मङ्गलबार साँझ देखिएको अन्नपूर्ण हिमाल। समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित पछै पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण स्थल हो। तस्बिर: सन्तोष गौतम/रासस
निर्माणाधीन त्रिवि क्रिकेट मैदान । काठमाडौँको कीर्तिपुरस्थित निर्माणाधीन त्रिवि क्रिकेट मैदान । समयमा काम नसक्दा ठेकेदार कम्पनीले आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जना तिर्दै आएको छ। तस्बिर : गोपाल दाहाल/रासस
उदाउँदो सूर्य र हिमाली दृश्य । कास्कीको अन्नपूर्ण गाउँपालिका-६ स्थित अस्ट्रेलियन क्याम्पबाट बुधबार बिहान देखिएको उदाउँदो सूर्य र हिमाली दृश्य। तस्बिर: राधिका कँडेल/रासस
याकको दूध दुहुदै महिला । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को लोदेनस्थित याक खर्कमा याकको दूध दुहुदै महिला। ताप्लेजुङका उच्च हिमाली बस्तीहरूमा याकपालन पुर्खौली पेसा भएको र यसको संरक्षण गर्नुपर्ने स्थानीय बताउँछन्। तस्बिरः दिलकुमार लिम्बू/रासस