भोजपुरको चखेवा डाँडा । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ नागीमा पर्ने पर्यटकीय क्षेत्र चखेवा। सो स्थलबाट मध्य पहाडी लोकमार्ग विस्तार भएकाले पर्यटकको आवागमन बढेको छ। तस्बिरः युवराज विष्ट/रासस
सिँढी निर्माण । नुवाकोटको विदुर नगरपालिका–११ स्थित ऐतिहासिक दुधेलामा, कालिकासम्म पुग्न सूर्यगढी गाँउपालिका–३ हुँदै निर्माण गरिएको सिँढी। नेपाल–तिब्बत(चीन) युद्धको क्रममा शत्रुलाई आक्रमण गर्न नेपाली पक्षले निर्माण गरेको यहाँको ऐतिहासिक सूर्यगढी, चन्द्रगढी, गेर्खुगढी, जितगढी र दुधेलामालाई एउटै सर्किटमा जोड्नका लागि तीन तहका सरकारको लगानीमा सिँढीलगायत आवश्यक पूर्वाधार निर्माण गरेर संरक्षण तथा प्रवर्द्धन गर्न थालिएको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
भूत पोखरी । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका अन्तर्गत लोदेन जाने पदमार्गको छेउमा अवस्थित भूत पोखरी। यो पोखरी पर्यटक तथा पदयात्रीको लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
कालोटाउके सुनचरी । सुनसरीको इनरूवा नगरपालिका-४ मा आहराको खोजीमा रहेको कालोटाउके सुनचरी (ब्लाक-हेडेड ओरियोल)। तस्बिर: नवीन गड्तौला/रासस
बुकीपाटनमा गोठस्टे । बुकीपाटनमा घुम्न आउने पर्यटकको सुविधाका लागि समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा अवस्थित गर्पाछेडामा सञ्चालन गरिएको गोठस्टे। गर्पाछेडामा गत वर्षदेखि ढोरपाटनका स्थानीयले बर्खाको समयमा गोठस्टे सञ्चालन गर्दै आएका छन्। तस्बिरः डम्मर बुढामगर/रासस