घरेलु औजार बिक्री गरिँदै । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शनिबार लागेको हाटमा घरेलु सामग्री बिक्री गर्दै उद्यमी। तस्बिरः दिलकुमार लिम्बू/रासस
रूकुम पश्चिमको मठ र पातुखोला बजार । रूकुम पश्चिमको मुसिकोट नगरपालिका-१ स्थित मठ र पातुखोला आसपासको क्षेत्र। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
बुलबुले ताल । कर्णाली प्रदेशका राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको पर्यटकीयस्थल बुलबुले ताल। पछिल्लो समय ताल विस्तार गरी मोटरबोट सञ्चालनमा आउँदा आन्तरिक पर्यटक संख्यामा वृद्धि भएको छ। तस्बिरः सुरेश आचार्य/रासस
माने—छोर्तेन । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—१ चराङ गाउँमा अवस्थित ऐतिहासिक माने—छोर्तेन। तस्बिरः सुन्दरकुमार थकाली/रासस
राउटे समुदाय । सुर्खेतको लेकबेँसी नगरपालिका–१०, झुप्राखोलामा बसेका घुमन्ते जीवन बिताइरहेका राउटे समुदाय। लोपोन्मुख राउटे समुदाय दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा बसोबासका लागि डुलिरहन्छन्। तस्बिरः सुरेश आचार्य/रासस