आजका तस्बिर-असार २४
आजका तस्बिर-असार २४
त्रिशूली नदीमा फसेकाको उद्धार गर्दै ।  नुवाकोटको विदुर नगरपालिका–९ स्थित त्रिशूली नदीमा मङ्गलबार बिहान फसेका दुई जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिँदै। काठ टिप्न जाने क्रममा फसेका स्थानीय ५६ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ५१ वर्षीया मङ्गली तामाङको नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाली सेनाले उद्धार गरेको हो। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर-असार २४
भग्नावशेषमा परिणत हुँदै भृकुटी कागज कारखाना ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना विगत १४ वर्षदेखि पूर्णरुपमा बन्द हुँदा कारखानाका भवनहरु भत्किएर भग्नावशेषमा परिणत हुँदै गइरहेका छन् । नगरको बीचमा रहेको यस कारखानाको व्यवस्थापनमा सरकारले चासो नदिँदा उद्योगका मेसिनरी उपकरण तथा करोडौँका संरचना खेर गइरहेको छ। तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर-असार २४
धरहरा र आसपास ।  काठमाडौंको सुन्धारामा अवस्थित धरहरा र आसपासको क्षेत्र। गतवर्ष असोजदेखि सञ्चालनमा आएको धरहरा अहिले सर्वसाधारणलाई चढ्नका लागि खुला गरिएको छ। तस्बिर: गोपाल दाहाल/रासस
आजका तस्बिर-असार २४
भोजपुर सदरमुकाम ।  पूर्वी पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजार र आसपासको क्षेत्र । भोजपुर खुकुरी र रुद्राक्षका लागि प्रख्यात छ। तस्बिर:युवराज विष्ट/रासस
आजका तस्बिर-असार २४
सूर्योदय ।  रूकुम पूर्वको भुमे गाउँपालिका-१ स्थित चौँरीबुकीबाट मङ्गलबार देखिएको पश्चिम धौलागिरी हिमशृङ्खला हुँदै उदाउँदै गरेको सूर्योदय। तस्बिर: कुलदीप न्यौपाने/ रासस
प्रतिक्रिया दिनुहोस्