अम्बिकेश्वरी मन्दिरमा परेवा । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित ऐतिहासिक तथा धार्मिक महत्वको शक्तिपीठ अम्बिकेश्वरी मन्दिर परिसरमा रहेका परेवा। तस्बिर: कुलदीप न्यौपाने/रासस
रोपाइँको तयारी । तनहुँको भिमाद नगरपालिका-५, स्थित बुढुवा फाँट। वर्षालागे सँगै यस फाँटमा किसानहरूले धान रोप्नका लागि तयारी गरिरहेका छन्। तस्बिर: सागर गिरी/रासस
जीर्ण बन्दै श्रीमहल । ललितपुरको पुल्चोकस्थित तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले आफ्ना छोराहरूका लागि निर्माण गरेको ऐतिहासिक पुरानो श्रीमहल। उचित मर्मत सम्भार नहुँदा यो ऐतिहासिक दरबार जीर्ण हुँदै गएको छ। तस्बिर: हरि परियार/रासस
बन्जी गर्दै । पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्नेगरी कालीगण्डकी नदीको खोचमा निर्माण गरिएको पुलमा सञ्चालित बन्जीमा हाम फालेर बञ्जी गर्दै पर्यटक। तस्बिर: राधिका कँडेल/रासस
डाँडा गाउँ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय गाउँ घान्द्रुकको वडा नं ११ डाँडा गाउँ र पृष्ठभूमिमा हिमाल। तस्बिरः जमूनावर्षा शर्मा/रासस