फुस्रो टाउके सारौँ चरा । सुनसरीले इनरूवा नगरपालिका-९ मा आहाराकाे खाेजीमा रहेको फुस्रो टाउके सारौँ (चेस्टनट-टेल स्टर्लिङ) चरा। माथिल्लो भागमा खैरो र कालो हुने याे मैनाकाे बाँकी प्वाँखको रङ उपप्रजातिहरूमा निर्भर गर्दछ। तस्बिर: नवीन गड्ताैला/रासस
मिथिला चित्रकला कोर्दै कलाकार । जनकपुरधामस्थित सीता–राम विवाह मण्डपको उत्तरी पर्खालमा भगवान् राम–सीताको जन्मदेखि विवाहसम्मको पौराणिक कथा झल्काउने मिथिला चित्र कोर्दै स्थानीय मिथिला कलाकारहरू। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
रूघा गाउँ र दहभागे गाउँ । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ स्थित रूघा गाउँ र दहभागे गाउँ। यो क्षेत्र कृषि उब्जनीका लागि उपयुक्त मानिन्छ। तस्बिर: बलबहादुर ओली(बलेन्द्र)/रासस
स्याउबारी । मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्याङगाउँमा स्याउबारी र आसपासका क्षेत्र। मौसम परिवर्तन सँगै नियमित वर्षा हुन थालेपछि यो वर्ष मुस्ताङमा स्याउ उत्पादनमा ह्रास आउने चिन्तामा किसान छन्। तस्बिर: सुशीलबाबू थकाली/ रासस