आजका तस्बिर- असार १०
आजका तस्बिर- असार १०
अन्नपूर्ण आधार शिविरका हिमनदी ।  म्याग्दीका अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी। जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा वर्षौंदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन्। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- असार १०
ढुंगेधारा ।  ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गेधारा (मङ्गहिती)। यस ढुङ्गेधारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असार १०
निर्माणाधीन झोलुङ्गे पुल ।  म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित मुना र दर जोड्ने दरखोला माथि निर्माणको अन्तिम चरणमा पुगेको तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल। स्थानीय पूर्वाधार विकास आयोजना पोखराले रु. दुई करोड ३१ लख ३६ हजार सात सय ५० को लागतमा पुल निर्माण गर्न लागेको हो। तस्बिर:सन्तोष गौतम/रासस
आजका तस्बिर- असार १०
हिम्लुङ हिमाल ।  मनाङ नार्पाभूमि गाउँपालिका-३ च्याखुबाट देखिएको हिम्लुङ हिमालको दृश्य। समुद्री सतह देखि ७ हजार १२६ मिटर उचाइमा रहेको यो हिमालमा नर्पाभूमि वडा नं ४ र ५ फुगाउँ हुँदै आरोही आधार शिविर पुग्ने गर्दछन्। तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- असार १०
घोराही बजार ।  दाङको प्रमुख व्यापारिक केन्द्र घोराही बजारको ड्रोन क्यामराबाट खिचिएको दृश्य। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्