मुङको कोसा टिप्दै किसान । सुनसरीको इनरूवा नगरपालिका -३ मा मुङको कोसा टिप्दै किसान। राम्रो भयो भने एक कट्ठा जमिनमा २० किलोसम्म मुङ उत्पादन हुने किसान बताउँछन्। तस्बिरः नवीन गड्तौला/ रासस
प्रदर्शन । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा नेपालमा पहिलो पटक आयोजित चीनको सिचाङ सम्पर्क सांस्कृतिक सप्ताहमा प्रदर्शनीमा राखिएको तस्बिर अवलोकन गर्दै सहभागीहरू्। तस्बिर: रत्न श्रेष्ठ/ रासस
पर्यटकीयस्थल चखेवा । मुन्दुम पदमार्गमा पर्ने भोजपरको पर्यटकीयस्थल चखेवाभञ्याङ हुँदै विस्तार भएको मध्य पहाडी सडक। तस्बिर: युवराज विष्ट/ रासस
रोपाइँ सम्पन्न । दोलखाको भिमेश्वर नगरपालिका-१ फास्यालुङ गाउँस्थित खेतमा रोपाइँ सम्पन्न भएको फाँट। यस वर्ष मनसुन बेलैमा सक्रिय भएकाले असारको पहिलो हप्तामै खेत रोपिसकेको स्थानीय बताउँछन्। तस्बिरः प्रणय पराजुली/ रासस
निर्माण सम्पन्न नहुँदै भाँचिएको पुल । रामेछाप सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधिन पक्कि मोटरेवल पुल भाँचिएको छ। निर्माणाधीन अवस्थामा रेहेको पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको हो। तस्बिर: रमेश ढुंगेल/ रासस