धयरे बजार । तनहुँको म्याग्दे गाउँपालिका–३ स्थित धयरे बजार र आसपास रहेका बस्तीहरू। तस्बिर: कृष्ण न्यौपाने/रासस
भूमे नाच प्रस्तुत । दाङको घोराही उपमहानगरपालिका-१३ स्थित बडहरामा भूमे पर्वको सातौँ दिन शनिबार भूमे नाच प्रस्तुत गर्दै थबाङ्गी समाज सेवा समिति दाङका मगर समुदाय। तस्बिरः कुलदीप न्यौपाने/रासस
माङहिमसँगै कञ्चनजंघा हिमाल । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-७ ओक्ताङ क्षेत्रका लिम्बू समुदायको माङहिमको पृष्ठभूमिमा देखिएको सुन्दर कञ्चनजङ्घा हिमाल। तस्बिरः दिलकुमार लिम्बू/रासस
मौसम खुलेपछि देखिएको चरिकोट बजार । चरिकोट बजार दोलखाको भिमेश्वोर नगरपालिका–६ सिमपानीबाट बिहान मौसम खुलेपछि देखिएको सदरमुकाम चरिकोट बजार। तस्बिरः प्रणय पराजुली/रासस
च्याङ्ग्रा पालन । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, तिरी गाउँस्थित हिमाली भेगमा ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फार्ममा कृषक दम्पती छिरिङ ढोका र आङ्ग्या गुरूङले पालेको च्याङ्ग्रा। अहिले सो फार्ममा च्याङ्ग्रा र बाख्रा गरेर करिब ५०० भन्दा बढी छन्। मुस्ताङमा च्याङ्ग्रा प्रति गोटा रु ३५ हजारदेखि रु ४५ हजारसम्ममा बिक्री गरिन्छ। तस्बिरः सुशीलबाबु थकाली/रासस