जलमग्न मुक्तकमैया शिविर । बिहीबार रातिदेखि परिरहेको अविरल वर्षातका कारण जलमग्न भएका कैलालीको जानकी गाउँपालिका-८ स्थित मुक्तकमैया शिविरका घरहरू। वर्षातपछि कैलालीका अधिकांश ठाउँ जलमग्न भएका छन्। तस्बिर: देवानन्द न्यौपाने/रासस
बन्दीपुर बजार । तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार। पछिल्लो समय बन्दीपुर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
त्रिशूल जात्रा । पशुपति मन्दिर परिसरमा बिहीबार गरिएको ऐतिहासिक त्रिशूल जात्रा। नेपाल भाषाामा मचाति जात्रा भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशुलले साङ्केतिक छेदन गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ । जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छ । तस्बिरः रत्न श्रेष्ठ / रासस
परेवालाई चारो । काठमाडौँ महानगरपालिका -१६ स्थित गुम्बा तारकेश्वरधाम परिसरमा शुक्रबार बिहान परेवालाई चारो (आहारा) दिँदै सर्वसाधारण। तस्बिर: हरिराम भेटुवाल/रासस
नवनिर्मित खानेपानी ट्याङ्की । सिरहाको धनगढीमाई नगरपालिका-१३ स्थित डावरटोलमा निर्माण गरिएको खानेपानीको ट्याङ्की । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमार्फत कुल रु १० करोड छ लाख ५८ हजार लागतमा सम्पन्न भएको यस खानेपानी आयोजनाको बिहीबार खानेपानीमन्त्री प्रदीप यादवले उद्घाटन गर्नुभयो । आयोजनाबाट एक हजार चार सय ४७ घरधुरीका आठ हजार छ सय ४२ जनाभन्दा बढी जनसंख्या लाभान्वित हुने जनाइएको छ । तस्बिर ः सुदिप राउत÷रासस