ढोरपाटनको सौन्दर्य । बाग्लुङको ढोरपाटन नगरपालिकास्थित सुन्दर प्राकृतिक पाटन र पृष्ठभूमिमा ढोरपाटन शिकार आरक्ष। यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। तस्बिर: भरत केसी/रासस
छत्रीको व्यापार । गोरखा पालुङ्गटारदेखि तनहुँको सदरमुकाम दमौलीमा आएर छत्री बिक्रीका लागि हिँडेका एक युवा व्यापारी। घाम र पानीबाट जोगिन टाउकोमा राखेर काम गरिने चोयाबाट बुनेको छाता आकारको छत्री प्रति गोटा रु। पाँच सयमा बिक्री गर्ने गरेको उनी बताउँछन्। तस्बिर: सानेबहादुर नेपाली/रासस
लटुसक विरहीचरी । सुनसरीको इनरूवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको लटुसक विरहीचरी (लार्ज कुक्कुस्राइक)। तस्बिर: नवीन गड्तौला/रासस
तनहुँको म्याग्दे र पृथ्वीराजमार्ग । पृथ्वीराजमार्गको मुग्लिन -पोखरा सडक विस्तार आयोजना (पश्चिम खण्ड) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका- ३ मा चार लेनमा बिस्तार भएपछिको सडक। पछिल्लो दिनहरूमा सडक वरपरका ठाउँहरू बेलटार, घुम्ती, धयँरे पसले जामुने लगायतका क्षेत्रहरूमा कृषियोग्य जमिनहरू आवसीय क्षेत्रहरूमा परिणत हुँदै गइरहेको छ। तस्बिर: सागर गिरी/रासस