आजका तस्बिर- असार ४
आजका तस्बिर- असार ४
तोप चराको गुँड ।  दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुरमा स्थानीयको घरमा तोप चराले बनएको गुँड। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार ४
नागबेली मर्स्याङ्दी नदी र मुङ्जे खाङ्सार सडक ।  मनाङ ङिस्याङ गाउँपालिका–५ मुङ्जे खाङ्सार सडक र नागबेली मर्स्याङ्दी, नदी पृष्ठभूमिमा ङिस्याङ उपत्यका । जसले मनाङ ङिस्याङ गाउँपालिकालाई सडक सञ्जालको पहुँच र पर्यटकीय आकर्षण केन्द्रको सम्भावनालई जोडेको छ। तस्बिरः नवीन लामिछाने/रासस
आजका तस्बिर- असार ४
स्याउ खेती ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरी गाउँका करिब १०० बढी घरधुरीले लगाएको व्यवस्थित स्याउ खेती। तिरी गाउँदेखि करिब आधा घण्टा माथिल्लो भेगको जमिनमा लगाएको स्याउ खेती पछिल्लो समय स्थानीयको जीविकोपार्जनको प्रमुख स्रोत बनेको छ। तस्बिरः सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- असार ४
रोपाइँ गर्न व्यस्त किसान ।  यस वर्ष समयमा पानी परेकाले सूर्योदय नगरपालिका–१, मकरजुङमा खेत रोप्दै किसान। जेठ/असारमा रोपेको धान मङ्सिरमा थन्क्याउने गरिन्छ। तस्बिरः मनोज अधिकारी/रासस
आजका तस्बिर- असार ४
दमौली बजार ।  तनहुँको सदरमुकाम दमौली बजार र आसपासका दृश्य । तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्