पञ्चेबाजा बजाउँदै महिला । नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्टस (नाट्टा) ले शनिबार नेपालगन्जमा आयोजना गरेको तीन दिने वेष्टर्न ट्राभल मार्टमा पञ्चेबाजा बजाउँदै खजुराका महिला। तस्बिर: युवराज पाण्डे/रासस
अलपत्र अवस्थामा पुल । वर्षौदेखि अलपत्र अवस्थामा रहेको मधेशको ‘लाइफ लाइन’ हुलाकी राजमार्गअन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने दुर्गा भगवती गाउँपालिका–५, स्थित बागमती खोलाको पुल। समयमै पुल निर्माण नहुँदा हुलाकी राजमार्ग भएर हिँड्ने यात्रु तथा सर्लाहीतर्फ खेती भएका रौतहटका स्थानीय बर्खाको भेलमा समेत जोखिम मोलेर डुङ्गाको सहारामा वारपार गर्न बाध्य छन्। तस्बिर:सिङ्घबहादुर थापा/रासस
पञ्चकुण्ड तालमा पर्यटक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड तालमा मनोरञ्जन लिँदै पर्यटक। अन्नपूर्ण आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकका लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बनेको छ। तस्बिरः कमल खत्री/रासस
डुङ्गाको सहाराले बागमती खोला तर्दै । हुलाकी राजमार्गअन्तर्गत रौतहटको राजदेवी नगरपालिका– ५, स्थित बागमती खोलामा डुङ्गाको सहाराले तर्दै स्थानीय किसान र यात्रीहरू । ठेक्का लागेको वर्षौसम्म पनि खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ दुई पाङ्ग्रे सवारीले प्रतिगोटा सय रुपैयाँ, र प्रतिव्यक्ति ४० रुपैयाँ र स्थानीय किसानले वार्षिक आपसी समझदारीमा वाली ‘अन्न’ दिएर डुङ्गामा वारपार गर्ने गर्दछन्। तस्बिरः सिङ्घबहादुर थापा/रासस