ईदगाह सरसफाइ गर्दै । इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व ईद–उल अजहा (बकरइद) पर्वको पूर्वसध्यामा शुक्रबार सुनसरी हरिनगर गाउँपालिका–१ भुटाहास्थित ईदगाह परिसरको सरसफाइ गर्दै स्थानीय र सुरक्षाकर्मी। तस्बिर: अजितकुमार झा/रासस
नीलपुच्छ्रे मुरली चरा । कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्रको रूखको हाँगामा बसेको नीलपुच्छ्रे मुरली चरा (ब्लु-टेल्ड बि-इटर)। सिमसार नजिकका क्षेत्रमा यस चराले बासस्थान बनाउने गर्दछ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
याम्पाफाँटको हरियाली । तनहुँको बन्दीपुर गाउँपालिका –५ स्थित याम्पाफाँटमा पृथ्वी राजमार्गको दायाँ–बायाँ देखिएको हरियाली। तरकारी पकेट क्षेत्रका रूपमा परिचित यहाँ अहिले मकै र तरकारी खेतीले हरियाली छाएको छ। तस्बिर: सागर गिरी/रासस
निलगिरि हिमाल । मुस्ताङको घरपझोङ गाउँपालिका-३ स्थित जोमसोम एयरपोर्ट नजिकैबाट शुक्रबार बिहान देखिएको ठिनी गाउँ, स्याउ बारी र पृष्ठभूमिमा झरीपछि खुलेको निलगिरि हिमाल र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबू थकाली / रासस