आजका तस्बिर- जेठ २१
आजका तस्बिर- जेठ २१
म्याग्दीको पञ्चकुण्ड ताल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल। यो तालले पर्यटकहरूलाई लोभ्याउने गरेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- जेठ २१
मुकुन्देश्वरी पदमार्ग ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग। स्थानीयले मिनी ग्रेटवाल समेत भन्ने बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट सुरू भएको उक्त पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिनेछ। आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने गाउँपालिकाको योजना छ। तस्बिर: सागर गिरी/रासस
आजका तस्बिर- जेठ २१
देवघाटधाम वेणी संगम ।  चितवन, तनहुँ र नवलपरासी जिल्लाको सिमानामा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाम वेणी सङ्गम र पृष्ठभूमिमा गैंडाकोटको प्रसिद्ध मौलाकालिका मन्दिरलगायत आसपासको क्षेत्र। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- जेठ २१
कञ्चनपुरको पुरैना ताल ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-९ स्थित बृन्दावन सामुदायिक वनभित्र रहेको पुरैना ताल। तालमा माछापालन गरी सामुदायिक वनले उपभोक्ताको आयआर्जनमा टेवा पुर्‍याएको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
प्रतिक्रिया दिनुहोस्