यो भोटो कसको? । वर्षा र सहकालका देवताका रूपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाउँदै गुठी संस्थानका कर्मचारी। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रदर्शन । काठमाडौंको माइतीघरमा यातायात व्यवसायीहरूले सवारी ऐनको व्यवस्थासँग बाझिने गरी सातै प्रदेश सरकारले ल्याएका नियमहरू खारेज गर्न माग गर्दै माइतीघर-बबरमहल सडकमा प्रदर्शन गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
आगन्तुकलाई आकर्षित गर्दै जिरिदी गाउँ । बागलुङको काठेखोला गाउँपालिका–७ स्थित जिरिदी गाउँ । यस गाउँमा ढुङ्गा, माटो र काठले बनेका मौलिक घरले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ। तस्बिरः डम्मर बुढामगर/ रासस
यार्सागुम्बा संकलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास । डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रूप पाटनमा यार्सागुम्बा सकंलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुंगेगोठ र त्रिपालका अस्थायी आवास। काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रूप पाटन आउने गर्छन्। तस्बिरः लेख बहादुर बुढा/ रासस
कालो तित्रा चरा । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ बृन्दानवन छेउको खोला बगरमा आहाराको खोजीमा कालो तित्रा चरा। मानिसहरूले शिकार गर्ने भएकाले संकटमा रहेको यो चराले खेतबारी, अग्ला घाँस, झाडी एवं खास गरी खोला नजिकका क्षेत्रमा बासस्थान बनाउने गर्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस