गुल्मोहरमा रमाउँदै पर्यटक । संखुवासभाको खाँदबारी नगरपालिका–८ पाठक गाउँमा रहेको गुलमोहर शिरीषको रङ्गीन फूलमा शनिबार स्थानीय पर्यटकहरू रमाउँदै। गर्मी मौसमको सुरूआतसँगै फूल फुल्न थालेपछि गाउँको प्राकृतिक सौन्दर्यले पर्यटकको आकर्षण बढाएको छ। तस्बिरः सुजन बज्राचार्य/रासस
भोजपुरको च्याङ्ग्रे बजार । भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका केन्द्र च्याङ्ग्रे बजार। तस्बिर: युवराज विष्ट/रासस
स्वर्गद्वारी मन्दिर । प्युठानको स्वर्गद्वारी नगरपालिका-२ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल स्वर्गद्वारी मन्दिर। पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यही बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको धार्मिक मान्यता रहेको छ । तस्बिर:केशर सुनार/रासस
नागबेली सडक । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक विस्तार आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका– १२, कमलबारी र घाँसीकुवामा चार लेनमा विस्तार भएपछिको देखिएको नागबेली सडक। तस्बिरः सागर गिरी/रासस
डाँडाभरि धार्मिक संरचना । बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट। धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर रु ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन्। तस्बिरः खेमराज गौतम/रासस