आजका तस्बिर- जेठ १६
आजका तस्बिर- जेठ १६
मुस्ताङमा साइकल र्‍याली ।  मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा शुक्रबार जोमसोमबाट सुरू भएको प्रथम साइकल तथा घोडा र्‍यालीका क्रममा सहभागीहरू। देशभरबाट करिब ३२० जना साइकलप्रेमी र मुस्ताङ जिल्लाबाट ३० जना घोडचढीप्रेमी कार्यक्रममा सहभागी भएका छन्। तस्बिरः सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- जेठ १६
पुल ।  शुक्लाफाँटा नगरपालिका वडा नं २ र ३ जोड्ने सनवोरा नदी माथिको पक्की पुल र आसपासको क्षेत्र। रु १० करोड बढीको लागतमा पुल निर्माण भएपछि स्थानीय बासिन्दालाई नदी तर्नु पर्ने झन्झट हटेर गएको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- जेठ १६
अछामको भटाकाटिया गाउँ ।  अछामको रामारोशन गाउँपालिका-६ स्थित भटाकाटिया गाउँ। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- जेठ १६
तनहुँको धरमपानी गाउँ ।  तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ धरमपानी। यस ठाउँ गुरूङ संस्कृति र कलाका लागि प्रख्यात छ। मौलिक घरमा सञ्चालन गरिएको घरबास(होमस्टे) यहाँको आकर्षण हो। तस्बिर: सागर गिरी/रासस
प्रतिक्रिया दिनुहोस्