आजका तस्बिर- जेठ १५
आजका तस्बिर- जेठ १५
गणतन्त्र दिवसमा एमालेले निकालेको र्‍याली ।  नेकपा (एमाले) ले बिहीबार गणतन्त्र दिवसको अवसरमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालेको छ। काठमाडौं उपत्यकाका तीन वटै जिल्ला कमिटी, १५ वटा निर्वाचन क्षेत्र, जनसंगठनहरू र सम्पर्क समन्वय समितिसमेत परिचालन गरेर एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १५
'संयुक्त जनआन्दोलन समिति' को 'जनआन्दोलन' ।  नवराज सुवेदी नेतृत्वको 'संयुक्त जनआन्दोलन समिति' को आह्वानमा बिहीबारदेखि काठमाडौंमा 'जनआन्दोलन' सुरू भएको छ। सुवेदी नेतृत्वको समितिले गरेको आन्दोलनलाई राप्रपा, राप्रपा नेपाललगायत दल तथा समूहहरूले पनि समर्थन जनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १५
बगुवा खोलाले बगायो दुई सवारी साधन ।  मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित बगुवा खोलाले बगायो दुईवटा सवारी साधन । खोलामा बगेको बाराको अमलेखगन्जबाट बिहीबार डिजेल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क २०३१ नम्बरको ट्याङ्कर र वीरगञ्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना३ख ५१९६ नम्बरको डब्बा गाडी बगाएको थियो। तस्बिरः अञ्जली थापा/रासस
आजका तस्बिर- जेठ १५
गणतन्त्र दिवस - पुष्पवृष्टि ।  गणतन्त्र दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै। तस्बिर: किरणराज बिष्ट/रासस
आजका तस्बिर- जेठ १५
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका-१४ गोर्खाभिलेजबाट बिहीबार बिहान मौसम खुलेसँगै देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर:राधिका कँडेल /रासस
प्रतिक्रिया दिनुहोस्