लाङटाङ हिमाल । रसुवा जिल्लाको गोसाइँकुण्ड जाने बाटोमा समुद्री सतहदेखि करिब ४ हजार मिटरको उचाइमा रहेको बुद्ध मन्दिर परिसरबाट देखिएको लाङटाङ हिमाल। यो हिमालको उचाइ ७ हजार २०५ मिटर रहेको छ। तस्बिर: तस्बिर:रत्न श्रेष्ठ / रासस
रमणीय तम्घास । धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गा र अर्जुन पहाडको काखमा रहेको रमणीय सहर गुल्मीको सदरमुकाम तम्घास बजार र आसपासका क्षेत्र। तस्बिर: जनार्दन घिमिरे/रासस
गोसाइँकुण्ड । रसुवास्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड। समुद्री सतहदेखि ४ हजार ३८० मिटर उचाइमा रहेको यो कुण्ड १३ दशमलव ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ। तस्बिर:रत्न श्रेष्ठ/रासस
उवा खेती र जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित ठिनी गाउँबाट देखिएको पाक्दै गरेको उवाखेती तथा पृष्ठभूमिमा जोमसोम बजार र विमानस्थल। हिउँदे बाली अन्तर्गत पर्ने उवालाई असारसम्म काटेर घर भित्र्याइन्छ। मुस्ताङमा उवालाई घरेलु मदिरा, सातु, लिटो लगायतमा प्रयोग गरिन्छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
सेतो साँवरी र घुँगीफोर गरुड । सुनसरीको इनरुवा नगरपालिका-९ स्थित किसानको खेतमा आहाराको खोजीमा रहेका सेतो साँवरी (ब्लाक हेडेड आइबिज) र घुँगीफोर गरुड (एसियन ओपनविल)। तस्बिर: नवीन गड्तौला/रासस