आजका तस्बिर- जेठ १२
आजका तस्बिर- जेठ १२
सिन्धुलीगढी क्षेत्र ।  ऐतिहासिक स्थल सिन्धुलीगढी क्षेत्र। यसले नेपालको इतिहासमा गौरवपूर्ण स्थान ओगटेको विसं १८२४ मा नेपाली र अंग्रेज फौजबीच भएको युद्धका कारण यो स्थान प्रसिद्ध छ। तस्बिरः राधिका बुढाथोकी/रासस
आजका तस्बिर- जेठ १२
अन्नपूर्ण र माछापुच्छ्रे हिमाल ।  पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्कीको नाग डाँडाबाट सोमबार बिहान देखिएको अन्नपूर्ण र माछापुच्छ्रे हिमालको दृश्य। मौसम खुलेको समयमा पोखरा–बागलुङ सडकको पोखरादेखि हेम्जा हुँदै नाउ डाँडासम्म हिमालको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- जेठ १२
जैमिनी ऋषिको तपोभूमि ।  बागलुङको जैमिनी नगरपालिका–१ कालीगण्डकी नदी छेउ जैमिनी घाटमा रहेको जैमिनी धाम। प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रूपमा चासो र चर्चा पाएको यही ठाउँकै कारण पालिकाको नाम पनि जैमिनी राखिएको हो। तस्बिर: खेमराज गौतम/ रासस
आजका तस्बिर- जेठ १२
म्याग्दीको खड्गभवानी कोत ।  म्याग्दीको बेनी नगरपालिका २ स्थित ऐतिहासिकस्थल खड्गभवानी कोत डाँडा र तल समथर भागमा अवस्थित भकुण्डेचौर। यो भूगोल तत्कालीन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिकस्थल थियो। तस्बिर: ध्रुवसागर शर्मा/ रासस
आजका तस्बिर- जेठ १२
दमौली र निर्माणाधीन सडक ।  तनहुँको दमौली बजार र मुग्लिन-पोखरा सडक अन्तर्गतमा दमौलीमा विस्तार हुँदै गरेको सडक। मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा अब करिब तीन किलोमिटर दुरी मात्रै कालोपत्र गर्न बाँकी छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्