आजका तस्बिर- वैशाख २५
आजका तस्बिर- वैशाख २५
पालुङ्टार विमानस्थल ।  गोरखाको पालुङटार विमानस्थल स्तरोन्नति गरी सञ्चालन गर्ने काम अगाडि बढ्न नसक्दा गौचरन भनेको छ भने विमानस्थलको धावनमार्गमा गाडी गुड्न थालेका छन्। तस्बिरः नेपाल फोटो लाइब्रेरी।
आजका तस्बिर- वैशाख २५
लघुवित्त पीडित ।  लघुवित्त पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। बुधबार माइतीघरमा जम्मा भएका पीडितहरू शान्तिपूर्ण प्रदर्शन गर्दै बानेश्वरसम्म पुगेका थिए। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर- वैशाख २५
ठाडाखानी गाउँ ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मा पर्ने ठाडाखानी गाउँ। परम्परागत ढुङ्गेघरहरू रहेको यस गाउँमा अल्पसङख्यक छन्त्याल जातिहरूको बाहुल्य बसोबास छ। तस्बिरः दलप्रसाद विश्वकर्मा/रासस
आजका तस्बिर- वैशाख २५
दुलीगाउँ र आसपास ।  रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा अवस्थित दुलीगाउँ र आसपासको क्षेत्र । यहाँ भिरालो जग्गा भएपनि कृषिजन्य वस्तु राम्रो उत्पादन हुने गर्दछ। तस्बिरः बलबहादुर ओली/रासस
आजका तस्बिर- वैशाख २५
बेच्न राखिएका तर्बुजा ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरास्थित पूर्व पश्चिम राजमार्ग छेउमा बिक्रीका लागि तरबुजा राखेर उपभोक्ताको प्रतिक्षामा बसेका मुक्त कमैया परिवारका व्यक्तिहरु । सिजनमा वनहरा नदीको बगरमा उत्पादन गरेको तरबुजा, लौका, फर्सी, मुला लगायत तरकारी बिक्री गरेर रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएको उनीहरु बताउँछन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- वैशाख २५
दोवागाउँ ।  बाक्लो ढुङ्गे घरहरु रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१स्थित दोवागाउँ । मगर समुदायको बाहुल्य बसोबास रहेको यो गाउँ पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ। तस्बिर: सन्तोष गौतम/ रासस
प्रतिक्रिया दिनुहोस्