आजका तस्बिर- वैशाख ११
आजका तस्बिर- वैशाख ११
चैते धानबाली ।  गोरखा जिल्लाको गोरखा नगरपालिका दरौदीफाँटमा कृषकले लगाएका चैते धानबाली। तस्बिर: रत्न श्रेष्ठ/ रासस
आजका तस्बिर- वैशाख ११
तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल ।  तनहुँको ऋषिङ गाउँपालिका–१, मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि काटिएको पहाडको भित्ता। यहाँ नदी छेक्न १४० मिटर अग्लो बाँध निर्माण गरिँदैछ। आयोजनाको ३ वटा 'प्याकेज'मा धमाधम काम भइरहेको छ। तस्बिर: सागर गिरी/रासस
आजका तस्बिर- वैशाख ११
 
आजका तस्बिर- वैशाख ११
रात्रिकालीन व्यापार ।  धनुषाको मिथिला नगरपालिका-८ स्थित जमुनीबाँसमा महेन्द्र राजमार्गको छेउमा बिहान ३ बजेको समयमा खरबुजा र भुइँकटहर बिक्री गर्न बसेका स्थानीय रमेशकुमार महतो। धनुषा, महोत्तरी लगायतका किसानबाट खरिद गरी ल्याएको फलफूल महतोको परिवारले २४ घण्टानै पसलमार्फत बिक्री गर्दै आएको छ। तस्बिर: अमरेन्द्रकुमार यादव /रासस
आजका तस्बिर- वैशाख ११
चारो खोज्दै बकुल्ला ।  महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका-१ स्थित तलाउ किनारामा चारो खोज्दै बकुल्लाको समूह। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्