आजका तस्बिर- वैशाख ४
आजका तस्बिर- वैशाख ४
चार लेनको पृथ्वी राजमार्ग ।  पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनस्थित पहाडको चट्टान काटेर निर्माण गरिएको चार लेनको सडक। तस्बिरः मिला दरै/रासस
आजका तस्बिर- वैशाख ४
भोटे दह ।  दाङको घोराही उपमहानगरपालिका–१ बुकास्थित हरियाली जङ्गलको बीचमा रहेको तीन बिघा क्षेत्रफलमा फैलिएको शान्त प्राकृतिक भोटे दह। शान्त वातावरणमा रमाउने स्थानीय पर्यटन प्रवर्द्धनका लागि यो दह महत्वपूर्ण स्थल मानिन्छ। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ४
निलगिरी हिमशृङ्खला ।  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँबाट बिहीबार बिहान देखिएको निलगिरी हिमश्रृङ्खलालगायत आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबू थकाली/रासस
आजका तस्बिर- वैशाख ४
चैते धान रोप्दै किसान ।  दाङको बङ्गलाचुली–८ खैरेनीका किसान चैते धान रोप्दै। यहाँ सिँचाइ सुविधा भएकाले कृषि उत्पादन राम्रो हुने किसान बताउँछन्। तस्बिरः रञ्जिता अधिकारी/रासस
प्रतिक्रिया दिनुहोस्