गुफा पोखरी । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाको संगमस्थल तीनजुरे–मिल्के–जलजले क्षेत्रमा अवस्थित गुफा पोखरी। तस्बिरः दिलकुमार लिम्बू/रासस
बुद्धको मूर्ति । सङ्खुवासभाको चैनपुर नगरपालिका-२ स्थित पर्यटकीय क्षेत्र गुराँसे डाँडामा राखिएको बुद्धको मूर्ति। तस्बिर: भविन कार्की/रासस
मुस्ताङको चराङगाउँ । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-१ स्थित चराङगाउँ र आसपासको क्षेत्र। १२५ घरधुरी बसोबास रहेको यहाँका स्थानीयवासी कृषि,पशुपालन व्यवसायमा आबद्ध छन्। तस्बिर: सुन्दरकुमार थकाली/रासस
मुस्ताङको स्याङ गाउँ । मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्थित स्याङ गाउँ र आसपासका क्षेत्र। थकालीको बसोबास रहेको स्याङ गाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रही आएको छ। यहाँको मुख्य आम्दानीको स्रोत भनेको कृषि र होटल व्यवसाय हो। तस्बिरः सुशीलबाबु थकाली/रासस