गोलभेँडामा झाँज लगाउँदै । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा व्यावसायिक रूपमा गरिएको गोलभेँडा खेतीमा झाँज लगाउँदै कामदार। तस्बिरः कुलदीप न्यौपाने/रासस
बुढुवा फाँट । तनहुँको भिमाद नगरपालिका-५ स्थित बुढुवाफाँट र आसपासको क्षेत्र। बुढुवाफाँट हुँदै जाने सडकले भिमाद र ऋषिङ्ग पाटनको यात्रालाई सहज बनाएको छ। तस्बिर: सागर गिरी/रासस
लामाऔँले चरा । सुनसरीकाे काेसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको लामाऔँले (ब्राेन्ज विङ्ड ज्याकाना) चरा। मेटोपिडियस जातको एकमात्र याे प्रजाति दक्षिण र दक्षिणपूर्वी एसियामा पाइन्छ। तस्बिर: नवीन गड्ताैला/रासस
मत्स्य पोखरी । सङ्खुवासभाको चिचिला गाउँपालिका -४ स्थित धार्मिक तथा पर्यटकीयस्थल मत्स्य पोखरी। मत्स्य पोखरीमा हरेक वर्ष मंसिर महिनामा ठूलो मेला लाग्ने गरेको छ। यो पोखरीमा असला माछाको समेत दृश्यावलोकन गर्न सकिन्छ। तस्बिर: भविन कार्की/रासस
सिन्दुर जात्रा मनाइँदै जात्रालुहरू । हरेक वर्ष वैशाख २ गते मध्यपुर थिमिमा मनाउने बिस्का जात्रामा भुइँसिन्ह (अबिर) सिन्दुर खेल्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस