मोटरबोटमा रमाउँदै पर्यटक । नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटक मोटरबोटमा सयर गर्दै। पर्यटकको मनोरञ्जनको लागि ताल परिसरमा जेडस्की, स्काई साइक्लिङ, जीपलाइन निर्माण गरिएको छ। तस्बिरः सिङ्गबहादुर थापा/रासस
पञ्चकोट । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोट। यो क्षेत्र धार्मिक साथै प्राकृतिक दृश्यावलोकनका लागि समेत चर्चित छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
फनपार्कमा रमाइरहेका सर्वसाधारण । नयाँ वर्षको अवसरमा सोमबार काठमाडौंको भृकुटीमण्डपमा रहेको फनपार्कमा घुमफिर तथा मनोरञ्जन लिन आएका सर्वसाधारण। तस्बिरः हरिराम भेटुवाल/रासस
परराष्ट्रमन्त्री राणासहित राजदूतहरू इलाममा । इलामको पर्यटकीयस्थल कन्याममा परराष्ट्रमन्त्री आरजु राणा देउवा तथा नेपालका लागि विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरू। परराष्ट्र मन्त्रालयद्वारा नयाँ वर्ष २०८२को अवसरमा आयोजित 'रिट्रिट' कार्य्रकममा परराष्ट्रमन्त्री राणासहित नेपालस्थित विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू कन्याम पुगेका हुन्। तस्बिर सौजन्य: परराष्ट्रमन्त्रीको सचिवालय /रासस
जानकी मन्दिरमा भक्तजन । नयाँ वर्ष २०८२ को अवसरमा जनकपुरधामको जानकी मन्दिरमा सोमबार पूजाअर्चना गर्न लामवद्ध भक्तजन। तस्बिर: निरंजनकुमार साह /रासस