मुस्ताङमा साइकल यात्रामा रमाउँदै विदेशी पर्यटक । मुस्ताङको जोमसोमबाट वारागुङ मुक्तिक्षेत्रको कागबेनी, झोङ, पुटाक, छेङ्गुर हुँदै मुक्तिनाथ प्रस्थानका लागि साइकल यात्रामा निस्किएका इसराइली पर्यटक। तस्बिर: सुन्दरकुमार थकाली/रासस
बर्दिबास । महोत्तरी जिल्लाको बर्दिबास बजार र आसपास क्षेत्रको हवाई दृश्य। पछिल्लो समय यो बजार व्यापारिक केन्द्रका रूपमा तीव्र विकास हुँदै गएको छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
अन्नपूर्ण हिमश्रृङ्खला । अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ ङिस्याङ गाउँपालिका-५ मुङजेबाट देखिएको अन्नपूर्ण तेस्रो हिमाल र आसपासको क्षेत्र। ७ हजार ५५५ मिटर उचाइमा रहेको यस हिमालमा पछिल्लो समय हिउँ घट्दै गएको छ। तस्बिर: नवीन लामिछाने /रासस
ढकमक्क बगमबेली । दाङको घोराही उपमहानगरपालिका-१ स्थित सिमलतारामा रहेको फूलबारी कटेज परिसरमा ढकमक्क फुलेको बगमबेली फूल। एउटा बोटमा दुई रङको बगमबेली फूल ढकमक्क फुलेको हेर्न, तस्बिर खिच्न तथा भिडिओ बनाउन आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस