टुँडिखेलमा घोडेजात्रा । शनिबार टुँडिखेलमा घोडेजात्रा मनाइएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
गह्रौँसुर मन्दिर । स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकाको सङ्गमस्थलमा अवस्थित जिल्लाकै प्रसिद्ध धार्मिकस्थल गह्रौँसुर मन्दिर। तस्बिर: तोलाकान्त बगाले / रासस
जैविक तटबन्ध निर्माण गर्दै । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ स्थित सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गर्दै स्थानीय । वडा कार्यालयको सहयोगमा स्थानीय बासिन्दाले उपभोक्ता समिति गठन गरी नदी नियन्त्रण गर्नका लागि एक सय ७५ मिटर लामो बाँसको जैविक तटबन्ध निर्माण गरिरहेका छन्। तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस
कागबेनीधाममा भक्तजनको घुइँचो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीधाममा चैत्र कृष्ण औँसीको दिन शनिबार आएका भक्तजनको घुइँचो । आफ्ना दिवंगत भएका पितृहरुका लागि आफन्तले श्राद्ध, तर्पण र पिण्डदान गर्नुकासाथै कागबेनीस्थित कागखोला र कालीगण्डकी नदीमा आज स्नान गर्दछन्। तस्बिर: सुशीलबाबू थकाली/रासस