आजका तस्बिर- चैत १५
आजका तस्बिर- चैत १५
तीनकुनेको मेन लेनमा पुलिसको बार ।  राजावादीहरूकाे समूहलाई रिङरोडभित्र छिर्न नदिन तीनकुनेको मेन लेनमा पुलिसको बार लगाइएको छ। सर्वसाधारणलाई भने साइडको लेनबाट हिँड्न दिएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर- चैत १५
काठमाडौंमा समाजवादी मोर्चाको प्रदर्शन र जनसभा ।  काठमाडौंमा शुक्रबार समाजवादी मोर्चाले प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट र्‍यालीसहित अघि बढेको प्रदर्शन रत्नपार्क-भद्रकाली क्षेत्र पुगेर जनसभामा परिणत भएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत १५
कोटेश्वरको जडिबुटी कारखानामा राजावादीले लगाएको आगो अझै आएन नियन्त्रणमा ।  कोटेश्वरस्थित जडिबुटी कारखानामा राजावादीले लगाएको आगो अझै नियन्त्रणमा आएको छैन। तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरवितर भएका प्रदर्शनकारीले पेप्सीकोलातर्फ जाने चोकमा रहेको जडिबुटी कारखानामा आगो लगाएका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत १५
तीनकुने क्षेत्रमा थपियो सेना ।  तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शन हिंसात्मक बन्दै गएपछि कर्फ्यु आदेश जारी भएको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका राजवादीहरुको भिड अराजक बन्दै हिंसात्मक बनेको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत १५
तीनकुनेमा कर्फ्यु लगाउन खटियो सेना ।  काठमाडौंको तीनकुनेमा नेपाली सेना परिचालन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि नेपाली सेनाको टोली खटिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्