आजका तस्बिर- चैत १४
आजका तस्बिर- चैत १४
गहुँ काट्न हाते ट्याक्टर ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ६ विष्णुनगरमा हाते ट्याक्टरको सहायताले गहुँ काट्दै किसान। पछिल्ला वर्षहरूमा बढ्दो कृषि यन्त्रको प्रयोगले किसानलाई खेती किसानी गर्न सहज भएको छ। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- चैत १४
सुर्खेतको धारापानी ।  ड्रोन क्यामराबाट कैद गरिएको सुर्खेतको वीरेन्द्रनगर-१ स्थित धारापानी र आसपासको क्षेत्र। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत १४
प्रम ओली, पूर्वप्रमद्वय देउवा र दाहाल-उद्घाटन ।  'नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी' राष्ट्रिय सम्मेलनको बिहीबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर: प्रदीपराज वन्त /रासस
आजका तस्बिर- चैत १४
चैते धान रोप्दै ।  तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित खेतमा चैते धान रोप्दै रोपाहार। एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने भएकोले जिल्लाका सिञ्चित क्षेत्रमा चैते धान रोप्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तस्बिर: मिला दरै/रासस
प्रतिक्रिया दिनुहोस्