आजका तस्बिर- चैत १३
आजका तस्बिर- चैत १३
व्यावसायिक भवनमा आगलागी हुँदा फसेकाहरूको उद्धार जारी ।  इटहरी बजारको मुख्य चोकमा रहेको १० तले व्यावसायिक भवन आज बिहान आगलागी हुँदा भवनभित्र रहेकाहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिँदै। सेन्टर प्लाजा नामले परिचित भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ। तस्बिरः ध्रुव ढकाल/रासस
आजका तस्बिर- चैत १३
मुस्ताङको घरपझोङ किल्ला ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट देखिएको सात सय वर्ष पुरानो ऐतिहासिक महत्त्व बोकेको घरपझोङ किल्लाको दृश्य । यही किल्लाको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो भने केही वर्षअघि मात्रै यस स्थान वरपर सुन्दर स्तूप र प्रतीक्षालयको निर्माण गरिएको थियो। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- चैत १३
एक सिङ्गे गैँडा ।  नारायणी नदी किनारमा रहेको घाँसे मैदानमा चर्दै गरेको एक सिङ्गे गैँडा । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा रहेका सिमसार र घाँसे मैदानमा एक सिङ्गे गैँडाहरू आकर्षित हुने गरेका छन्। तस्बिरः विष्णुप्रसाद गौडेल / रासस
आजका तस्बिर- चैत १३
ढकमक्क फुलेको फूल ।  सर्लाहीको धन्कौल गाउँपालिका-१, सेखौनामा किसानले गरेको सयपत्री फूलखेतीमा ढकमक्क फुलेको फूल। फूलखेतीबाट राम्रो आम्दानी हुने किसान बताउँछन्। तस्बिर: सिङ्गबहादुर थापा/रासस
आजका तस्बिर- चैत १३
हिमाल आरोहीका लागि निर्माण गरिएका शिविर ।  सगरमाथा आधार शिविरमा आरोहणको लजिष्टिक व्यवस्थापनका लागि बनाइएका शिविर। वसन्त ऋतुको हिमाल आरोहणका लागि अहिले सगरमाथाको आधार शिविरमा आरोही र व्यवस्थापनका लागि चहलपहल बाक्लिएको छ। तस्बिर सौजन्यः पर्यटन विभाग/रासस
प्रतिक्रिया दिनुहोस्