अमारे सोता जलाशय । दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिगाह क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरिएको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
नर्सरी । तनहुँको व्यास नगरपालिका–३ मा अवस्थित डिभिजन वन कार्यालय तनहुँको नर्सरी। यहाँ ४० हजार विभिन्न बिरूवा उत्पादनको तयारी गरिएको छ। तस्बिरः कृष्ण न्यौपान/रासस
मकवानपुरगढी । मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीयस्थल मकवानपुरगढी। सेन वंशका राजा तुला सेनको राज्यकालमा यो गढी निर्माण गरिएको बताइन्छ। तस्बिर: नारायणप्रसाद घिमिरे/रासस
ठिनी गाउँ र निलगिरि हिमाल । घरपझोङ गाउँपालिका-३ जोमसोमबाट देखिएको ठिनी गाउँ र पृष्ठभूमिमा सेताम्मे निलगिरि हिमाल आसपासका क्षेत्र। ठिनी गाउँ पछिल्लो केही वर्षयता सामुदायिक होमस्टेका रूपमा परिचित छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनसनमा । सामुदायिक विद्यालयका शिक्षकहरू विगत एक सातादेखि रिले अनसन बस्दै आएका छन्। भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनसनमा बसेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेकाहरू बानेश्वर पुगेका छन्।प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो। तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी