आजका तस्बिर- चैत १०
आजका तस्बिर- चैत १०
ड्रोनबाट कैद गरिएको जनकपुरधामको दृश्य ।  धार्मिक, ऐतिहासिक एवं पर्यटकीय नगरी सुन्दर जनकपुरधामको ड्रोनबाट कैद गरिएको दृश्य। तस्बिरमा जानकी मन्दिर, गङ्गासागर, धनुषसागर, स्वर्गद्वारी (भूतनाथ मन्दिर) तथा आसपासका क्षेत्रको दृश्य देख्न सकिन्छ। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- चैत १०
ढुङ्गाको बगैँचामाथि मोटरेवल पुल ।  तनहुँको शुक्लागण्डकी नगरपालिका-२ र ८ नम्बर वडाको सिमाना ढुङ्गाको बगैँचा (रक गार्डेन) र देखिएको सेती नदी माथिको मोटरेवल पुल। तस्बिर: मिला दरै/रासस
आजका तस्बिर- चैत १०
साजबोटे बस्ती र आसपास क्षेत्र ।  मौसम खुलेपछि देखिएको तनहुँको भानु नगरपालिका–१ साजबोटे बस्ती, आसपासको क्षेत्र र पृष्ठभूमिमा लमजुङ हिमाल। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- चैत १०
तरकारी बिक्री गर्न आएका महिला ।  दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाहीबाट करिब चार किलोमिटर टाढा घोराही बजारमा आज बिहान तरकारी बिक्री गर्न आएका थारू महिला। गाउँमा सङ्कलन केन्द्र नभएको र सबै खपत पनि नहुने हुँदा किसान हरेक दिन यसैगरी गैजामा तरकारी बोकेर बजारमा बिक्री गर्न आउने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत १०
माछापुच्छ्रेलगायत हिमश्रृङ्खला ।  पर्यटकीय राजधानी पोखराबाट आइतबार बिहान देखिएको माछापुच्छ्रेलगायत हिमश्रृङ्खला। तस्बिरः कृष्ण दवाडी/रासस
आजका तस्बिर- चैत १०
किन्ने हैन त! ।  काठमाडौंको असनमा घरायसी सामान बिक्री गर्न हिँडेका एक व्यापारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्