वृन्दावन गौशालामा गाईको प्रतिमा । मोरङको सुन्दरहरैँचा नगरपालिका—५ मा नयाँ वृन्दावन गौशालामा रहेको गाईको प्रतिमा। यस प्रतिमाले स्थानीय समुदाय र पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ। यहाँ दैनिक सयौँ मानिसहरू फोटो खिच्नका लागि आउने गर्दछन्, जसले लोकप्रियता र सांस्कृतिक महत्वलाई झल्काउँछ। तस्बिरः ध्रुव ढकाल/रासस
जैविक विविधता 'ग्रिन पार्क' । दाङ देउखुरीको लमही नगरपालिका-५ स्थित लमही बजार नजिकै अजम्मरी सामुदायिक वन उपभोक्ता समितिद्वारा सञ्चालित 'जैविक विविधता ग्रिन पार्क'। तस्बिर: कुलदीप न्यौपाने/रासस
वाबु (चिण्डो)को प्रतिमा । इलामको माङसेबुङ गाउँपालिका-६ स्थित पर्यटकीय क्षेत्र पारूहाङ साकेला थानमा राखिएको वाबु (चिण्डो) को प्रतिमा। स्थानीयले आर्थिक सङ्कलन गरी वाबुको प्रतिमा निर्माण गरी सकेलाथानमा राखेका हुन्। वाबु अर्थात चिण्ड किरात राईहरूको महत्वपूर्ण साँस्कृतिक सामग्री हो। राईहरूले जन्मदेखि मृत्युसम्मको संस्कारमा चिण्डो प्रयोग गर्ने गर्छन्। तस्बिर : रामकुमार लिम्बू/रासस
नारायणी नदीमा डुङ्गा सयर । नारायणी नदीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यवर्ती क्षेत्रमा खुलेका होटलहरूमा आउने पर्यटकहरू डुङ्गा सयर र जङ्गल सफारीमा आकर्षित हुने गरेका छन्। तस्बिरः विष्णुप्रसाद गौडेल/रासस