आजका तस्बिर- चैत ८
आजका तस्बिर- चैत ८
पुल ।  लमजुङ सुन्दरबजार नगरपालिका र राइनस नगरपालिका जोड्न मर्स्याङ्दी नदीमा निर्माण गरिएको मोटरपुल। यो पुल मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्दछ। तस्बिर: नवीन लामिछाने /रासस
आजका तस्बिर- चैत ८
कमल दहबाट कमलको जरा निकालिँदै ।  रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय । गाउँपालिकाले टेन्डर आह्वान गरेर बर्सेनि यसै समयमा कमलको जरा निकाल्ने गरेको छ। कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङ लगायतका ठाउँबाट कमल किन्न आउने गरेका छन्। तस्बिरः सर्जना कार्की/रासस
आजका तस्बिर- चैत ८
नाउपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठ ।  नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठकमा अभिवादन गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ८
बुलबुले ताल ।  वीरेन्द्रनगर-१० स्थित बुलबुले ताल। पछिल्लो समय ताललाई व्यवस्थित गरेसँगै यहाँ आउने पर्यटकको संख्या बढेको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- चैत ८
दलितको घर भत्काएको विरोधमा माइतीघरमा प्रदर्शन ।  सिराहामा दलितको घर भत्काएको विरोधमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ। शुक्रबार दिउँसो माइतीघर मण्डलामा ‘दलितलाई खै’का अभियन्ताहरूले प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्