आजका तस्बिर- चैत ७
आजका तस्बिर- चैत ७
ढकमक्क फुलेको आँपको रूखमा बसेका बकुल्ला ।  सुर्खेतको वीरेन्द्रनगर-३ मसुरिखेतमा ढकमक्क फुलेको आँपको रूखमा बसेका सेतो बकुल्लाका बथान। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- चैत ७
देउखुरी क्रिकेट रङ्गशाला ।  दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व-पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- चैत ७
जोमसोम बजार ।  मुस्ताङको घरपझोङ गाउँपालिका–४ पक्की पुलबाट देखिएका कालीगण्डकी नदी माथि पुनःनिर्माण पछिको व्यवस्थित काठेपुलसँगै जोमसोम बजार, हिउँसहितको धौलागिरि र निलगिरि हिमाल। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- चैत ७
मर्स्याङ्दी जलासयसँगै फराकिलो चिटिक्क सडक ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयसँगै रहेको मुग्लिन–पोखरा सडकखण्डमा पर्ने चार लेनको फराकिलो चिटिक्क कालोपत्रे सडक। पूर्वी खण्डमा सडक विस्तार कार्य करिब ८० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- चैत ७
सुरू भयो एसइई ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरू भएको छ। परीक्षामा सहभागी हुँदै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्