गणेशको पूजाअर्चना । चितवनको भरतपुर महानगरपालिका–११ अवस्थित गणेशस्थानमा स्थापना गरिएकोे विघ्नहर्ता गणेशको मूर्तिमा मङ्गलबार पूजाअर्चना गर्दै भक्तजन। तस्बिर: सनद अधिकारी/रासस
घुस्रा गाउँ । दाङको घोराही उपमहानगरपालिका–७ स्थित घुस्रा गाउँ, बबई नदी र आसपासको भूभाग। तस्बिर: कुलदीप न्यौपाने/रासस
छोर्तेन । मनाङ ङिस्याङ गाउँपालिका-५ मुङ्जीस्थित चामे खाङसर सडक छेउमै रहेको छोर्तेन। तस्बिर: नवीन लामिछाने/रासस
स्ववियु निर्वाचन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ। बिहान ८ः०० बजेदेखि ४६ आंगिक र दुई सय ५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन जारी भएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हुटिट्याउँ । सुनसरीको इनरुवा नगरपालिका-९ मा आहाराको खोजीमा रहेको हुटिट्याउँ। हुटिट्याउँको मुख्य आहारा जमिनमा भेटिने किरा-फट्याङ्ग्रा हो। तस्बिर: नवीन गड्तौला/रासस