मुना गाउँ । म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनामा परम्परागत ढुंगाले छाएर बनाइएका घरहरूले चिटिक्क देखिएको बस्ती। तस्बिर:कमल खत्री/रासस
सम्डुप बौद्ध स्तुप र निलगिरि हिमाल । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–१ र लोमान्थाङ गाउँपालिकाको बीचमा पर्ने सम्डुप बौद्ध स्तुपा (चैत्य) र पृष्ठभूमिमा निलगिरि हिमाल। करिब पाँच सय वर्ष पुरानो यो छ्योर्तेन (बौद्ध स्तुप) अमेरिकी हिमालयन फाउन्डेसनले निर्माण गरेको हो। कोरोला घुम्न जाँदा सडक नजिकै पर्ने यो स्तुप तिब्बतीयन भाषामा सम भनेको मन र डुप भनेको प्राप्त हो। अर्थात् आफूले कामना गरेको चिज प्राप्त हुनु हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
कर्णाली नदी । कैलालीको मोहन्याल गाउँपालिका– ७ स्थित प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल राजकाँडाबाट देखिएको कर्णाली नदी र आसपासको क्षेत्र। तस्बिर: मीन ठकुरी/रासस
विस्तारपछिको सडक । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ गोल्ला, कमलबारीमा विस्तारपछिको सडक। पूर्वी खण्डको ७८ दशमलव ९५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ। तस्बिर: मिला दरै/रासस