आजका तस्बिर- चैत २
आजका तस्बिर- चैत २
राष्ट्रिय प्रसारणलाईन सबस्टेसन ।  हुम्ला जिल्ला अदानचुली गाउँपालिका– १ स्थित राक्सेकाँधमा बन्दै गरेको राष्ट्रिय प्रसारण लाइन (विद्युत) को सबस्टेसन र आसपासको दृश्य। तस्बिरः कालीबहादुर थापा/रासस
आजका तस्बिर- चैत २
माने र छोर्तेन ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ लोमान्थाङ बजार आसपासमा रहेका ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व बोकेका माने र छोर्तेनहरू। उपल्लो मुस्ताङको कोरोला नाका, लोमान्थाङ बजार, छोसेर गुफा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूको लागि यी ऐतिहासिक सम्पदाहरू आकर्षणको केन्द्रविन्दु बनेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- चैत २
माछा जोगाउने उपाय ।  सुनसरीको इनरुवा नगरपालिका-८ का किसानले चराचुरुङ्गीबाट माछा जाेगाउन पाेखरीकाे वारपार डाेरी टाँगेर झुन्ड्याएकाे प्लास्टिकका पाेका। पाेखरीमा चरा आउँदा हावाले प्लास्टिक हल्लिएर आउने आवाजले चरा तर्सिएर भाग्ने किसानकाे अनुभव छ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- चैत २
जोमसोम र आसपासका क्षेत्र ।  मुस्ताङको घरपझोङ गाउँपालिका—४ जामसोमको खेतीयोग्य फाँट र आसपासका क्षेत्रहरू। यहाँ स्याउ लगायत रैथाने बाली उवा, फापर, जौ, आलु, सिमी र बोडी लगायत उत्पादन हुन्छ। तस्बिर: सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- चैत २
वेतना सिमसार ।  मोरङको बेलबारीस्थित रहेको वेतना सिमसार क्षेत्र। यस सिमसार क्षेत्र आन्तरिक पर्यटकका लागि जीव तथा चराचुरूङ्गी अध्ययन तथा अनुसन्धानका लागि उपयुक्त मानिन्छ। तस्बिरः विवेक मिश्र/रासस
प्रतिक्रिया दिनुहोस्