आफैद्वारा निर्मित चोयाका सामग्री लगाएर प्रदर्शन गर्दै हरिबहादुर । म्याग्दीको मालिका गाउँपालिका–२ रूमका भरिबहादुर पटेल आफूले चोयाबाट बनाएको सामग्री लगाएर प्रदर्शन गर्दै। उनी चोयाबाट शरीरमा लगाउन मिल्ने विभिन्न सामग्री तयार गर्छन्। तस्बिरः कमल खत्री/रासस
मल बनाउन पत्करको भारी ल्याइँदै । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का महिला मल बनाउन वनबाट पत्कर ल्याउँदै। वन क्षेत्रबाट ल्याइएको पत्कर कुहाएर जैविक मल बनाई खेतबारीमा हाल्ने गरिन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
मनाङ र लमजुङको सीमामा अवस्थित जगत गाउँ । अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र लमजुङको सीमामा रहेको लमजुङ मर्स्याङ्दी गाउँपालिका –४ मा अवस्थित जगतगाउँ। लमजुङको सदरमुकामबाट सुरू हुने पदयात्रको पहिलो बास यसै गाउँमा हुने भएकाले यस गाउँलाई पदयात्रीले बिसाउनीको रूपमा लिने गर्छन्। तस्बिरः नवीन लामिछाने/रासस
माथिल्लो मर्स्याङ्दी ए को बाँधस्थल । लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ स्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजनाको बाँधस्थल। तस्बिर: जनक श्रेष्ठ/रासस
छिम्केश्वरी पार्क । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको छिम्केश्वरी पार्क । नेपालको झण्डा सहितको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस