आजका तस्बिर- फागुन २९
आजका तस्बिर- फागुन २९
व्यावसायिक तरकारी खेती ।  दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले व्यावसायिक रूपमा गरेको तरकारी खेती। पोख्रेलले तेरौटेमा ११ बिघा जग्गा भाडामा लिएर सात वर्षदेखि व्यावसायिक रूपमा तरकारी खेती गर्दै आएका छन्। तस्बिर : कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- फागुन २९
म्यार्दी भीर ।  मनाङको बेँसीशहर-चामे सडक खण्डमा रहेको नासो गाउँपालिका-१ स्थित म्यार्दी भिर। विसं २०५९ सालमा नेपाली सेनाले यस सडकको ट्रयाक खोलेर सञ्चालमा आएको यस सडक बेँसीशहरदेखि चामे सम्म ६५ किलो मिटर छ । तस्बिर: नवीन लामिछाने/रासस
आजका तस्बिर- फागुन २९
मुग्लिङ–पोखरा सडक ।  मुग्लिङ–पोखरा सडक आयोजना पूर्वी खण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा दोस्रो चरणको कालोपत्र गरिएपछिको सडक। तस्बिर : सागर गिरी/रासस
आजका तस्बिर- फागुन २९
हरसिद्धी नाच प्रस्तुत ।  ललितपुर महानगरपालिका वडा नं २८ र २९ मा पर्ने हरसिद्धी ऐतिहासिक हरसिद्धी नाच (जतल प्याखँ) प्रदर्शन गरिँदै । सबैभन्दा पुरानो नाचको रूपमा रहेको हरसिद्धी नाचमा व्रम्हायणी, महेश्वरी, कुमारी, भैरवी, विष्णुदेवी, बालकुमारी, महासरस्वती, महाकाली, महालक्ष्मी, तम्दा रिखेश्वर (तम्दा ऋषि), अग्नी देवता (कौमाद्य), भष्मासुरलगायत २९ देवगण रहेको छ। उक्त नाच फागुपूर्णिमाको दिन, योमरी पूर्णिमा र दसैंको नवमीका दिन प्रदर्शन गर्ने गरिन्छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- फागुन २९
आयो होली ।  बसन्तपुरमा होलीमा रमाउँदै बालबालिका। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २९
कति पैसा! ।  काठमाडौंको वसन्तपुरमा होलीको अवसरमा रङ बेचेको पैसा गन्दै एक वृद्धा। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्