काठको पुल मर्मत गरिँदै । म्याग्दीको मालिका र धवलागिरी गाउँपालिकाको सिमाना फेदीस्थित दाङखोलाको काठे पुल मर्मत गरिँदै। पक्की पुल निर्माणमा ढिलाई हुँदा दाङखोलाको अस्थायी पुलमा कटुसको काठ राखेर सवारी साधन आवतजावतको लागि मर्मत गर्न लागिएको हो। यो सडक धवलागिरी गाउँपालिका हुँदै ढोरपाटन जोडिन्छ। तस्बिरः सन्तोष गौतम/रासस
मनाङको ताल गाउँ । लमजुङ र मनाङको सीमा जोडिएका मनाङको नासो गाउँपालिका–१ मा अवस्थित ताल गाउँ। समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको यो गाउँ ताल गाउँको रूपमा परिचित छ। तस्बिरः नवीन लामिछाने/रासस
सडक कालोपत्र गरिँदै । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकअन्तर्गत मालिका गाउँपालिका–६ रातोढुङ्गामा कालोपत्र गरिँदै। पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ खहरे खोलादेखि मालिका गाउँपालिका–६ तोलावाङसम्म तीन किलोमिटर ३०० मिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गरेको हो। तस्बिरः सन्तोष गौतम/रासस
मुस्ताङको एक्लेभट्टी गाउँ । मुस्ताङको जोमसोम–मुक्तिनाथ सडकखण्डमा पर्ने वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा अवस्थित एक्लेभट्टी गाउँ र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस
साइकल बोर्डमा सयर गर्दै पर्यटक । पर्यटकीय राजधानी पोखराको फेवातालमा बुधबार साइकल बोर्डमा सयर गर्दै पर्यटक। तस्बिरः राधिका कँडेल/रासस