आजका तस्बिर- फागुन २७
आजका तस्बिर- फागुन २७
ओलाङ्चुगोला नेपाल-चीन व्यापारिक केन्द्र ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा अवस्थित ओलाङ्चुगोला बस्ती। नेपाल–चीन व्यापारिक केन्द्रका रूपमा परिचित यो बस्तीबाट करिब २४ किलोमिटर दूरीमा नेपाल–चीनको सीमा टिप्ताला नाका पर्छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- फागुन २७
जुगाड खोला करिडोर निर्माण ।  जुम्लाको सदरमुकाम खलङ्गा बजारको जुगाड खोला करिडोर निर्माण गर्दै श्रमिक। उक्त करिडोर निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन टेवा पुग्ने चन्दननाथ नगरपालिकाले जनाएको छ। तस्बिरः विजय रावत/रासस
आजका तस्बिर- फागुन २७
चर्दै गरेका च्याङ्ग्रा ।  मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फा खोला बगरमा चर्दै गरेका च्याङ्ग्रा। हिउँदे मौसममा घासको अभाव हुने र बगरतिर मुसीकाँडा हुने भएकाले किसानले भेडा, च्याङ्ग्रालाई चराउन बगरतिर ल्याउने गर्छन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन २७
‘गुइँठा’ बनाइँदै ।  रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली गाउँमा खाना पकाउने इन्धनको लागि ‘गुइँठा’ बनाइँदै। ग्रामीण क्षेत्रमा खाना पकाउने परम्परागत इन्धनका रूपमा यस विधिलाई लिइन्छ। तस्बिरः मनोज क्षेत्री/रासस
प्रतिक्रिया दिनुहोस्