मुक्तिनाथ मन्दिर जाने प्रवेशद्वार र सिँढी । हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको रूपमा रहेको मुक्तिनाथ मन्दिर जाने प्रवेशद्वार र व्यवस्थित सिँढी। उक्त सिँढी श्रद्धालु भक्तजन र पर्यटकको लागि मुक्तिनाथ मन्दिरसम्म पुग्न सहज बनेको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
नमूना अभ्यास । दाङको घोराही उपमहानगरपालिका–२ स्थित चेपे ड्याममा सोमबार गरिएको विपद् व्यवस्थापन तथा खोज उद्धार सम्बन्धी कार्यक्रममा नमूना अभ्यास प्रदर्शन गर्दै सुरक्षाकर्मी। घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखाको आयोजनामा गरिएको कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल तथा नेपाल प्रहरीले उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए। तस्बिरः कुलदीप न्यौपाने/रासस
फलीया गाउँ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुङ्गेघरहरू रहेको भण्डारी थरका क्षेत्रीहरूको बाहुल्य बसोबास भएको फलीया गाउँ। यस गाउँ धौलागिरि, गुर्जा, पुथा हिमाल, गुरिल्ला, ढोरपाटन, डोल्पा र पूर्वी रूकुम जोड्ने पदमार्गमा समावेश भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
कालो टाउके सुनचरी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सिमलको रूखमा बसेको कालोटाउके सुनचरी। कीरा, फलफूल खान, सिमलको फूलको रस चुस्न रूचाउने यो चरा समुद्री सतहबाट ७५ देखि ३६५ मिटरसम्मको उचाइमा बस्ने गर्छ। खुला वन, जङ्गल, ग्रामीण क्षेत्रमा पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
चेपे दह र झोलुङ्गे पुल । दाङको घोराही उपमहानगरपालिका वडा नं १ र २ मा अवस्थित कृत्रिम चेपे दह र झोलुङ्गे पुल। तस्बिर: कुलदीप न्यौपाने/रासस