आजका तस्बिर- फागुन २५
आजका तस्बिर- फागुन २५
पूर्वराजा ज्ञानेन्द्र ।  पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो पोखराबाट काठमाडौं आइपुगे। काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर राजावादीहरूले भव्य स्वागत गरेका छन्। तस्बि: नवीनबाबु गुरूङ/सेतोपाटी।
आजका तस्बिर- फागुन २५
मार्फा खोलामाथि पक्कीपुल ।  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा गाउँ र वडा नम्बर–३ स्याङ गाउँ जोड्ने मार्फा खोलामाथि निर्माण भएको मोटरेवल पुल। उक्त पुल निर्माण भएपछि पशु चौपाया, सवारीसाधन, स्थानीय र पर्यटकलाई आवतजावतमा सहज भएको छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
आजका तस्बिर- फागुन २५
चैते धान रोप्दै वनकरिया ।  मकवानपुरको मनहरी गाउँपालिमा रहेको लोपोन्मुख वनकरिया समुदाय चैते धान रोप्दै। डेढ दशक अगाडिसम्म अन्न खान मुस्किल पर्ने र खेतीपाती नगर्ने फिरन्ते समुदायको रूपमा रहेको लोपोन्मुख वनकरिया हाल खेतीपाती र पशुपालन गर्न थालेका छन्। तस्बिरः अञ्जली थापा/ रासस
आजका तस्बिर- फागुन २५
लोमान्थाङ बजार ।  मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/ रासस
आजका तस्बिर- फागुन २५
मुना गाउँ ।  म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा ढुङ्गेघरहरु रहेको मगर बस्ती मुना गाउँ। धवलागिरि गाउँपालिकाको केन्द्र रहेको यहाँबाट मुना ढोरपाटन शिकार आरक्ष, गुर्जा, पूर्वी रुकुम, गुरिल्ला पदमार्ग, मुना मालिका र डोल्पाको पदयात्रामा जान सकिन्छ। तस्बिरः सन्तोष गौतम/ रासस
प्रतिक्रिया दिनुहोस्