आजका तस्बिर- फागुन २४
आजका तस्बिर- फागुन २४
लोमान्थाङ दरबार ।  मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र। करिब ७ सय वर्ष भन्दा बढी लामो इतिहास बोकेको यस दरबार १४ औँ शताब्दीमा तत्कालीन राजा आङ्देन साङ्वो बिष्टको कार्यकालमा बनेको हो। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन २४
हाँसपोखरी ।  भोजपुरको ‘मुन्दुम पदमार्ग’ पर्ने समुन्द्री सतहबाट तीन हजार १५ मिटर उचाइमा रहेको पर्यटकीय क्षेत्र हाँसपोखरी। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- फागुन २४
गुर्जा र चुरेन हिमालको हिम शृङ्खला ।  म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुनादेखि पर्यटकीयस्थल मालिकाधुरी जाने पदमार्गबाट देखिएको गुर्जा र चुरेन हिमालको हिम शृङ्खला। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- फागुन २४
फास्ट ट्र्याक रोड ।  नेपाली सेनाले हेटौँडामा निर्माण गर्दै आइरहेको काठमाडौं तराई फास्ट ट्र्याक रोड। तस्बिर: प्रदीपराज वन्त/रासस
आजका तस्बिर- फागुन २४
धनकुटेली खाजा ।  सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित इटहरी मेट्रिक्समा जारी ‘इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल’ मा धनकुटेली महिला समूहले राखेको धनकुटे बिस्कुट, सेलरोटीलगायत खाजा सामग्रीको स्टल। तस्बिरः नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्