आजका तस्बिर- फागुन २३
आजका तस्बिर- फागुन २३
म्याग्दीको लुलाङ गाउँ ।  म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा पर्ने लुलाङ गाउँका ढुङ्गे घर र वरपरको पाखामा गरिएको गहुँ खेती। लुलाङ म्याग्दीको सबभन्दा ठूलो दलित समुदायको बसोबास भएको गाउँ हो। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- फागुन २३
निर्माणाधीन बौद्ध स्तूप ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु २७ लाखको लागतमा भोजपुरको टेम्केमैयुङ–९ पाँचधारेमा निर्माण भइरहेको बौद्ध स्तूप। पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ स्तूप निर्माण गरिएको हो। तस्बिर: युवराज विष्ट/रासस
आजका तस्बिर- फागुन २३
कोरला नाका ।  मुस्ताङ जिल्लाको कोरला नाकामा चीनको स्वशासित क्षेत्र तिब्बतबाट बिक्रीका लागि ल्याइएका सामान र पृष्ठभूमिमा हिमाल। अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन्। कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन २३
सुरू भयो फागु पूर्णिमा ।  यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २३
रमदानको पहिलो शुक्रबार ।  नेपाली मुसलमान समुदायले रमदानको पहिलो शुक्रबार नमाज पढेका छन्। एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले घाम उदाउनुअघि र अस्ताइसकेपछि रोजा तोड्ने गर्छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्