आजका तस्बिर- फागुन २२
आजका तस्बिर- फागुन २२
सराङकोटमा पञ्चमुखी गणेश मूर्ति ।  पोखराको सराङकोटमा निर्माण गरिएको ६५ फिट अग्लो पाँचमुखे गणेशको मूर्ति। सूर्योदय दृष्यावलोकनको लागि ख्याति कमाएको सराङकोट पछिल्लो समय धार्मिक क्षेत्रको रूपमा समेत विकसित हुँदै गएको छ। तस्बिर: हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर- फागुन २२
मुरली चरा ।  शुक्लाफाँटा नगरपालिका-४ स्थित खेतमा कीरा खाँदै गरेको मुरली चरा। रैथाने प्रजातिको यस चराले कीरा फट्याङग्रा, पुतली लगायत खाने गर्दछ। यो चरा किसान मैत्री चराका रूपमा परिचित रहेको छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- फागुन २२
हाते ट्याक्टरले खेत जोत्दै महिला ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-२, खुर्पादेन क्षेत्रमा मकै रोप्न हाते ट्याक्टरले खेत जोत्दै महिला। यस क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र किसानहरूको साझेदारीमा 'मकै जोन' कार्यक्रम सञ्चालनमा रहेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- फागुन २२
स्वयम्भू महाचैत्य ।  काठमाडौंको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन २२
गुराँस र हिमाल ।  बागलुङको बडिगाड गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र थामचौरबाट देखिएको फुलेको गुराँस र धौलागिरि सहितको हिमश्रृङ्खला। तस्बिर: खेमराज गौतम/रासस
प्रतिक्रिया दिनुहोस्